सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महानगरका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा

महानगरका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा

महानगरले नेपाल ल क्याम्पससँगको सहकार्यमा सबै वडा कार्यालयमा निःशुल्क कानुनी परामर्श सेवा दिने भएको हो।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं– काठमाडौं महानगरका ३३ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध हुने भएको छ। महानगरले नेपाल ल क्याम्पससँगको सहकार्यमा सबै वडा कार्यालयमा निःशुल्क कानुनी परामर्श सेवा दिने भएको हो।

National life

आगामी सातादेखि महानगरका सबै वडा कार्यालयबाट उक्त सेवा प्रवाह हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उनका अनुसार सेवा उपलब्ध गराउन ल क्याम्पसमा अध्ययनरत विद्यार्थी वडा कार्यालयमा रहेको हेल्प डेस्कमा कार्यालय अवधिभरि रहनेछन्।

त्यहाँबाट नागरिकले आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन्। क्याम्पसले एलएलएम, एलएलबी तथा बीए एलएलबी तहमा अध्ययनरत विद्यार्थीलाई सेवा उपलब्ध गराउन पठाउनेछ। यसका लागि यही १७ माघमा महानगर र त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबीच सम्झौता भइसकेको छ। 

सेवाग्राहीको आवश्यकताअनुसार जुनसुकै निवेदन लेखन, उजुरी निवेदन, फिरादपत्र, प्रतिउत्तरपत्र वा लिखित जवाफ मस्यौदालगायत सबै किसिमको कानुनी सहयोग गर्नुपर्नेछ। त्यसैगरी मौखिक कानुनी परामर्शसँगै उक्त कार्यालयबाट सेवा प्रवाहबारे जानकारी दिनुपर्नेछ। विशेषतः सहज रूपमा कार्यालय पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, नाबालकका समस्या तथा अत्यावश्यक सेवा प्रवाहमा ध्यान दिनुपर्नेछ। 

निःशुल्क सेवा उपलब्ध गराएबापत महानगरपालिकाले क्याम्पसबाट तोकिएका व्यक्तिका लागि मासिक १५  हजार उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै, सेवा दिन आवश्यक पर्ने स्टेसनरी सामग्री पनि महानगरले नै उपलब्ध गराउनुपर्नेछ।

kumari

आगामी असार मसान्तसम्म लागू हुने सम्झौता आवश्यकताअनुसार सहमतिको समय थप गर्न पनि सकिनेछ। सम्झौता भएको एक साता बितिसक्दासम्म सेवा प्रवाह हुन भने सकेको छैन। यसका लागि आगामी हप्तासम्म कुर्नुपर्ने महानगरले जनाएको छ। क्याम्पसले कति जना विद्यार्थी पठाउनेबारे छलफल गरिरहेको जनाएकाले सेवा लिन आगामी सातासम्म कुर्नुपर्ने भएको हो।

प्रकाशित: Feb 11, 2023| 17:00 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।