सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति सवार हुँदा सडकमा हिँडेको बात लगाएर डाक्टर कुट्ने प्रहरी निलम्बित

राष्ट्रपति सवार हुँदा सडकमा हिँडेको बात लगाएर डाक्टर कुट्ने प्रहरी निलम्बित

राष्ट्रपति भण्डारी संसद् भवन बानेश्वर आउजाउ गर्दा बाटो खाली गराइएका बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक जनिथलाल सिंहलाई सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किंदा सडकमा हिँडेको बात लगाएर डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन्।

National life

राष्ट्रपति भण्डारी संसद् भवन बानेश्वर आउजाउ गर्दा बाटो खाली गराइएका बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक जनिथलाल सिंहलाई सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।

डाक्टर कुट्ने वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए। गुरुङलाई निलम्बन गरिएको र थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको प्रवक्ता पोखरेलले जानकारी दिए।

राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका चिकित्सक सिंहलाई कुटेको थियो। बाटो खाली गराइएका बेला हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटेपछि टाउकोमा चोट लागेको छ।

प्रकाशित: Feb 11, 2023| 14:09 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।