सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारका कारण सरकारी संयन्त्रप्रति नागरिकको भरोसा गुम्यो : राष्ट्रपति भण्डारी

भ्रष्टाचारका कारण सरकारी संयन्त्रप्रति नागरिकको भरोसा गुम्यो : राष्ट्रपति भण्डारी

भ्रष्टाचार राज्यविरुद्धको अपराध भएकाले यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्यमा बाधा पुर्‍याइरहेको राष्ट्रपति भण्डारीको दाबी।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई आर्थिक एवं भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुनुपर्ने बताएकी छन्। शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवस अवसरमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

National life

उनले मुलुक र जनताप्रति इमानदारी र सदाचारको भावना विकास गर्न राष्ट्रसेवकले कार्य सम्पादन गरे भ्रष्टाचार न्यूनीकरण हुँदै जाने औंल्याइन्।

राष्ट्रपतिले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएकाले यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्यमा बाधा पुर्‍याइरहेको बताइन्। राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना भएको धारणा व्यक्त गरिन्। 

राष्ट्रपति भण्डारीले भनिन्, ‘भ्रष्टाचार राज्यविरुद्धको अपराध हो। यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउँछ। भ्रष्टाचारका कारण नागरिकमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुन्छ।’

भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्व सिर्जना र अन्तर्राष्ट्रिय सम्मानमा समेत कुठाराघात गर्ने हुँदा नियन्त्रण अपरिहार्य रहेको राष्ट्रपतिको भनाइ छ। संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियारबाट थप प्रयास हुनुपर्ने आवश्यकता उनले औंल्याइन्। 

kumari

भ्रष्टाचार नगर्न कर्मचारीमा पेसागत निष्ठा अनि व्यावसायिक दक्षता प्रतिविम्बित हुनुपर्ने र सुशासन प्रत्याभूति गराउन राज्यले प्रमुख दायित्व रहेकाले सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक हुने राष्ट्रपति भण्डारीले सुझाइन्।

प्रशासनिक सेवालाई जनमुखी बनाउन समयअनुकुल सुधार गर्ने, सेवा प्रवाहलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने तथा सार्वजनिक निकायबाट गरिने खरिद प्रक्रियामा उत्तरदायित्व स्थापित गर्ने कार्यबाट भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरिन्। 

राष्ट्रपति भण्डारीले सार्वजनिक निकाय र पदाधिकारीले सदाचार पद्धतिको अवलम्बनमा जोड दिनुपर्ने बताइन्। तीन तहकै सरकार, राज्यका सबै अंग र निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहयोग र सहकार्यबाट भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हासिल हुन सक्ने उनको भनाइ थियो।

प्रकाशित: Feb 11, 2023| 13:16 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।