सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको सवारीको बेला डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग

राष्ट्रपतिको सवारीको बेला डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग

नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं- नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ। हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि कुटपिट गरेको थियो।

National life

अस्पतालमा काम सकेर घर जान लागेका डाक्टरलाई परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीले कुटपिट गरेको भन्दै संघले दोषीमाथि कारबाही गर्न माग गरेको हो। आजसम्म कारबाही नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघको चेतावनी छ।

ट्रमा सेन्टरकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ममता भट्टराईले पनि घटनाको विरोध गर्दै कुटपिट गर्ने सुरक्षाकर्मीलाई कानुनी कारबाही गर्न माग गरेकी छन्। डाक्टर सिंहको टाउकोमा गम्भीर चोट लागेको छ र उनको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ।

हिजो संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका डाक्टर सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।

प्रकाशित: Feb 11, 2023| 07:11 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।