मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरका डाक्टर कुटिए

राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरका डाक्टर कुटिए

राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि प्रहरीले लाठी प्रहार गरेको हो।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार सुरक्षामा खटिएका प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जेनिथ सिंह घाइते भएका छन्। 

राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि प्रहरीले लाठी प्रहार गरेको हो। उनको टाउकोमा चोट लागेको बताइएको छ। 

वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतका अनुसार डा. सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउन लागेका थिए। बाटोमा सुरक्षामा खटिरहेका प्रहरीलाई आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदा पनि कार्ड खोसेर लाठी हानेको डा. बस्नेतले बताए। उनले घटनाबारे विस्तृत जानकारी आफूले पाइनसकेको बताए।

प्रकाशित: Feb 10, 2023| 18:19 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।