सोमबार, जेठ ४, २०८३

गुलाबको फूल आयातमा रोक

कृषि मन्त्रालयले सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

सरकारले विदेशबाट फ्रेस गुलाबको फूल आयातमा रोक लगाएको छ। कृषि मन्त्रालयले सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो।

National life

बिहीबार सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मातहतका नाका कार्यालयहरुलाई आयात अनुमति जारी नगर्न भनेको छ। नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयलाई पत्राचार गर्दै केन्द्रले विशेष कारण भन्दै गुलाबको फूल आयातमा रोक लगाएको हो।

यो सूचनासँगै पूर्वको काँकडभिट्टादेखि पश्चिमको गड्डाचौकी र उत्तरका कुनै पनि नाकाबाट गुलाब आयात गर्न पाइने छैन। ‘केन्द्र मातहतका सबै कार्यलयहरुबाट विशेष कारणले अर्को व्यवस्थमा नभएसम्म गुलाबको फूल आयात अनुमति जारी नगर्न हुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ।

प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले वनस्पतिजन्य रोगको जोखिमका कारण आयात तत्कालका लागि रोकिएको जनाएको छ। भन्सार विभागको विवरणअनुसार आर्थिक वर्षको पुससम्ममा नेपालले १३ लाख ३३ हजारबराबरको १० हजार ६१२ किलो गुलाबको फूल आयात गरेको छ।


प्रकाशित: Feb 11, 2023| 06:00 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्