सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाडाद्वारा ट्राफिकलाई हाइटेक एड्भान्स सिपियू सहयोग

नाडाद्वारा ट्राफिकलाई हाइटेक एड्भान्स सिपियू सहयोग

बिहीबार ट्राफिक प्रमुख मीरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि उपकरणहरू हस्तान्तरण गरिएको नाडाले जनाएको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

National life
kumari

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पाँच थान हाइटेक एड्भान्स सिपियू तथा त्यससँग सम्बन्धित उपकरणहरू प्रदान गरेको छ। बिहीबार ट्राफिक प्रमुख मीरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि उपकरणहरू हस्तान्तरण गरिएको नाडाले जनाएको छ। 

त्यसै क्रममा नाडाले सय थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ। सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरिएको बताए। साथै, नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतदेखि नै सहयोग प्रदान गर्दै आएको र यसैलाई निरन्तरता दिएको बताए।

ट्राफिक प्रमुख चौधरीले नाडाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने अपेक्षा राखेको बताइन्।   


प्रकाशित: Feb 10, 2023| 17:39 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।