सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिका बस्ने नेपालीको फेसबुक ह्याक गरेर ठगी गर्ने पक्राउ

अमेरिका बस्ने नेपालीको फेसबुक ह्याक गरेर ठगी गर्ने पक्राउ

उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

National life
kumari

काठमाडौं- अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ।

प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्‍याक गरी सोही प्रोफाईल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो

उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रकाशित: Feb 10, 2023| 21:30 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।