सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालले सर्वोच्चमा दिए हिरासतमुक्त गर्न रिट

बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालले सर्वोच्चमा दिए हिरासतमुक्त गर्न रिट

उनले विषेश अदालतलाई विपक्षी बनाइ अदालतले आफूमाथिको आरोप पुष्टि गर्न नसकेको र ललितानिवास प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै आफूलाई रिहाइ गर्न निवेदन दिएका हुन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं– बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालले सर्वोच्च अदालतमा आफूलाई हिरासतमुक्त गर्न रिट निवेदन दिएका छन्।

National life

उनले विषेश अदालतलाई विपक्षी बनाइ अदालतले आफूमाथिको आरोप पुष्टि गर्न नसकेको र ललितानिवास प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै आफूलाई रिहाइ गर्न निवेदन दिएका हुन्।

ललितानिवासको सरकारको जग्गाको दर्ता एवं उपयोगको सम्बन्धमा विभिन्न सरकारी निकायहरुकै सक्रियता देखिने स्थितिमा केही जग्गा मुल्य तिरी खरिद गर्ने आफू निर्दोष भएको भन्दै उनले आफू वृद्ध र दीर्घरोगी भएका कारण बढीमा दुई वर्षसम्मको कैद हुनसक्ने कसूरमा २०७७ माघदेखि थुनामा रहेकाले थुनामुक्त गर्नुपर्ने निवेदनमा उल्लेख गरेका छन्।

मालपोत कार्यालयका सरकारी कर्मचारीहरु लगायत अदालतमा उपस्थित अन्य प्रतिवादीहरु थुनामुक्त भई साधारण तारिखमा मुद्दा लड्न पाइरहेको उल्लेख गर्दै उनले आफूलाई थुनामा राख्नु गैरकानूनी भएको बताएका छन्। आफूलाई हुनसक्ने साजयको हद दुई वर्षसम्म मात्रै भए पनि हालसम्म थुनामै रहनु न्यायीक नभएको उनले उल्लेख गरेका छन्।

ढकालमाथि बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोप छ। सरकारी जग्गा व्यक्तिको नाममा बनाउन ढकालले बिचौलियाको भूमिका निभाएका थिए। अख्तियारले उनीसहित पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तीन पूर्वमन्त्री र एक अख्तियारका आयुक्तसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

kumari

उक्त मुद्दा दायरपछि ढकाल फरार भएका थिए। ललिता निवास प्रकरणमा अधिकांश प्रतिवादीले ढकालको नाम लिएकोमा अनुसन्धानका क्रममा पनि ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेको खुलेको थियो। ढकालले उक्त जग्गा राखेर आइएमइ इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋण समेत लिएका अनुसन्धानले देखाएको थियो।


प्रकाशित: Feb 10, 2023| 16:40 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।