सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीति समीक्षाको समाचारबीच १२.४५ अंकले बढ्यो नेप्से

मौद्रिक नीति समीक्षाको समाचारबीच १२.४५ अंकले बढ्यो नेप्से

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमाथि समीक्षा सार्वजनिक गर्ने भएकाले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहँदा कारोबारमा कमी देखिएको हो।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- साताको अन्तिम  कारोबार दिन बिहीबार सेयर बजार परिसूचक १२.४५ अंकले बढेको छ। आज वाराही हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशत आम्दानी गरेका छन्। 

National life

कम्पनीको सेयर प्रतिकित्ता ५७ रुपैयाँले बढेको छ। अन्य कम्पनीका लगानीकर्ताले भने उल्लेख्य आम्दानी गर्न सकेनन्। 

आज २५७ कम्पनीको कारोबार भएकोमा ५६ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। ३५ हजार ४ सय ५० पटकको खरिदबिक्रीमा कुल कारोबार रकम २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमाथि समीक्षा सार्वजनिक गर्ने भएकाले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहँदा कारोबारमा कमी देखिएको हो। 

 

प्रकाशित: Feb 09, 2023| 15:33 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्