सोमबार, जेठ ४, २०८३

फागुनमा निक्षेपको ब्याजदर घटबढ नहुने

नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

National life

काठमाडौं- वाणिज्य बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर घटबढ नगर्ने भएका छन्। नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो।

अहिले साधारण मुद्दतिको ब्याजदर ११ प्रतिशत छ। राष्ट्र बैंक ब्याजदर थप नघटोस् भन्ने पक्षमा छ। ब्याजदर घट्यो भने बैंकमा कर्जाको ब्याजदर पनि घटाउँछ र ब्याजदर कम भयो भने ऋण बढी जान्छ भन्ने राष्ट्र बैंकको बुझाइ छ।  एकातिर खराब कर्जा बढिरहेको छ।

यो अवस्थामा बैंकहरुले ऋणमा बढी जोड नदिउन् भन्ने पक्षमा राष्ट्र बैंक रहेको छ। यसले अझै खराब कर्जा बढाउँछ भन्नेमा राष्ट्र बैंकको चिन्ता छ।

प्रकाशित: Feb 09, 2023| 12:32 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्