सोमबार, जेठ ४, २०८३

एससीटी र प्रभु बैंकबीच सम्झौता

सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन्। यसका साथै खुल्ला एपीआईमार्फत् बैंकका थप सेवालाई मोबाइल बैंकिङमा जोड्न सकिन्छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भएको छ। फास्ट बैंकिङ डिजिटल कारोबारमा खड्किएका समस्यालाई समाधान गर्न तयार पारिएको ‘ओम्नी च्यानल सोलुसन’ हो।

National life

सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन्। यसका साथै खुल्ला एपीआईमार्फत् बैंकका थप सेवालाई मोबाइल बैंकिङमा जोड्न सकिन्छ।

फास्ट बैंकिङले शाखामार्फत हुने ग्राहकको उपस्थिति र काम कटौती गरी ग्राहक र बैंक दुवैको समय तथा खर्च घटाउन मद्दत गर्छ।

प्रकाशित: Feb 08, 2023| 19:30 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्