सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै हाइड्रोलक ल्याएको कम्पनीले बताएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life

काठमाडौं- एशियन पेन्ट्स नेपालले ग्राहकहरुका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै हाइड्रोलक ल्याएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यो एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान हो। जसले वाटरप्रुफिङ तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ।

हाइड्रोलक प्रयोग गर्न निक्कै सजिलो रहेको र यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउने भएकोले यसलाई “वाटरप्रूफिङको च्याम्पियन” को रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।


प्रकाशित: Feb 07, 2023| 21:45 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्