सोमबार, जेठ ४, २०८३

रिलायन्स लाइफ इन्स्योरेन्सको पुनर्जागरण अभियान

उक्त पुनर्जागरण अभियान यही माघ २३ देखि फागुन १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ। उक्त पुनर्जागरण अभियान यही माघ २३ देखि फागुन १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

पुनर्जागरण अभियान अन्तर्गत दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बिमालेखको हकमा मात्र लागू हुने र बिमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। कुनै पनि बिमालेख व्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नु पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न ग्राहकलाई अनुरोध गरेको छ।

हरेक नेपालीलाई बिमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ। सोही कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बिमालेख पुनर्जागरण अभियान सञ्चालन गरेको छ।


प्रकाशित: Feb 07, 2023| 20:45 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्