सोमबार, जेठ ४, २०८३

वृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी

वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ। ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ माघ २० बाट उक्त तीन दिने प्रदर्शनी शुरु भएको थियो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ। ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ माघ २० बाट उक्त तीन दिने प्रदर्शनी शुरु भएको थियो।

National life

प्रतियोगितामा फोटोग्राफी, क्विज, टे«जर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन,पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो।

प्रर्दशनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजन,नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य लगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो। प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए।

सिभिल इन्जिनियर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिग प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्ष देखी वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ। वृज सिमेन्ट केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो। यो कम्पनी भैरहवा–लुम्विनीमा रहेको छ। वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट, ४३ ग्रेडसाधारण पोर्टल्याण्ड सिमेन्ट र पोर्टल्याण्ड स्लाग सिमेन्ट सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा वृज सिमेन्टको माग भैइरहको बताएको छ। नेपाल सिभिल इन्जिनियरिग अन्र्तगत निर्माण क्षेत्रमा वृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको छ। त्यसैअनुसार देशभरका आम नेपाली उपभोक्ताबीच यो सिमेन्ट परिचित भएको छ र बिक्री वितरण हुँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित: Feb 07, 2023| 20:15 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्