शनिबार, चैत ११, २०७९

यस्तो छ नेपाल लाइफको दोस्रो त्रैमासको रिपोर्ट

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। 

National life insurance

रिपोर्ट अनुसार कम्पनीको जगेडा कोष घट्दा आधारभूत रुपमा कम्पनी कमजोर देखिन थालेको छ। जगेडा कोष ७२ प्रतिशत भन्दा धेरैले घट्दै ४८ करोड ४ लाखमा झरेको छ। ८ अर्ब माथि चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५० करोड पनि नहुँदा कम्पनीको किताबी मूल्य ११६ रुपैयाँ मात्र छ। अघिल्लो वर्ष १३४ रुपैयाँ किताबी मूल्य भएको कम्पनीको किताबी मूल्य १३ दशमलव ६४ प्रतिशतले घटेको छ।

खुद बीमा शुल्क आर्जन नगन्य प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष १८ अर्ब ११ करोड रहेको खुद बीमा शुल्क आर्जन रकम अहिले १ दशमलव ६० प्रतिशतले वृद्धि हुँदै १८ अर्ब ४० करोड पुगेको छ।

८ अर्ब २० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ४८ करोड संचित छ।  जीवन बीमा कोष  १ खर्ब ५० अर्ब पुगेको छ। समिक्षा अवधिमा जीवन बीमा कोष २० दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको खुद नाफा २३७ प्रतिशतले वृद्धि हुँदै ४४ करोड पुगेको छ। प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ७३ पैसा  छ।


प्रकाशित: Feb 07, 2023| 07:15. 00 मंगलबार, माघ २४, २०७९

थप समाचार

सातै प्रदेशमा महासंघ प्रदेश अध्यक्ष सर्वसम्मत चुनिए

महासंघको केन्द्रीय नेतृत्वका लागि साधारणसभा एवं निर्वाचन आगामी २९ चैतमा हुने कार्यतालिका छ।

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेन्डर सार्वजनिक

बैंकले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर मादी

४४ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनासाथा आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिएको हो।

महिला उद्यमशीलतालाई समृद्धिसँग जोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र र उद्यम, व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दैै गएकाले देशलाई समृद्ध बनाउन नीति निर्माण तहमा अझ बढी जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको...