सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल क्लियरिङ हाउस लिमिटेडकोे अध्यक्षमा दयाराम शर्मा चयन

नेपाल क्लियरिङ हाउस लिमिटेडकोे अध्यक्षमा दयाराम शर्मा चयन

तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भएपछि शर्माले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन्।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २०३ औं सञ्चालक समितिको बैठकबाट दयाराम शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ।

National life

शर्माले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासँग अध्यक्ष पदको लागि सपथ ग्रहण गरेका छन्। तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भएपछि शर्माले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन्।

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो। 


प्रकाशित: Feb 06, 2023| 18:01 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्