आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा म्याक्सस मोटर्सका तीन मोडल सार्वजनिक, कति पर्छ मूल्य?

नेपालमा म्याक्सस मोटर्सका तीन मोडल सार्वजनिक, कति पर्छ मूल्य?

नेपालमा म्याक्सस मोटर्स गाडीहरुको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालि लिमिटेडले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लञ्च भएको घोषणा गरेको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- नेपालमा म्याक्सस मोटर्स गाडीहरुको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालि लिमिटेडले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लञ्च भएको घोषणा गरेको छ। गाडीहरूको लञ्च कार्यक्रमपछि सर्वाधिक प्रतिक्षित मूल्य सार्वजनिक र शोरूम उद्घाटन गरिएको छ।

National life

यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधिसहितको ३६० एन एम र ३७५ एन एम पीक टर्क, अधिकतम पावर ११० किलो वाट र १२० किलो वाट क्षमता प्रदान गर्ने २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ।

यी गाडीहरूले अहिलेको ड्राइभिङ अनुभवका मागहरू पूरा गर्न सक्नेछन्। म्याक्सस टी ६०, टी ७० र भी ८० को मूल्य नेपाली बजारमा क्रमशः ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रूपैयाँ रहेको छ।

म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस–स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्वील, क्रुज कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल  जस्ता उत्कृष्ट फिचरहरू रहेका छन्। मिडसाइज पिकअपको रूपमा वर्गीकृत यी म्याक्सस पिकअप ट्रकहरू यस वर्गका गाडीमा सबैभन्दा लामो र चौडा गाडी हुन्।

Laxmi sunrise bank
kumari

म्याक्सस टी ६० र टी ७० मा लकिङ डिफरेन्सियलहरू पनि छन् जसले यी गाडीहरूको अफरोड क्षमतालाई बलियो बनाउँछ। ३१५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त देखिन्छ। सुरक्षाको हिसाबले टी ६० गाडी निकै सुरक्षित रहेको छ, यसले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको छ। 

यस पिकअपमा चारवटा एयरब्याग, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) सहितको एबीएस, ईएसपी, आइसोफिक्स चाइल्ड सिट टिथर्स, हिल स्टार्ट असिस्ट सिस्टम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा छन्।

म्याक्सस भी ८० कार्गो भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको-डी २.५ लिटर टर्बो डिजेल कमन-रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। बाशको इन्टरकुल्ड, इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट शक्ति र ३३० टर्क उत्पन्न गर्दछ, जुन यातायात र फेमिली ट्रिपका लागि एकदमै उपयुक्त छ।

भी ८० प्यानल भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको-डी २.५ लिटर टर्बो डिजेल कमन-रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। प्यानल भ्यान निकै भरपर्दो गाडी हो, विभिन्न कार्यका लागि सजिलै प्रयोग गर्न सकिने यो गाडी व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त छ।

म्याक्सस नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतिक्षित कार हो। म्याक्ससको आकर्षक डिजाइन र आधुनिक तथा स्मार्ट फिचरहरूले पक्कै पनि ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ। 

विभिन्न वर्गका ग्राहकहरूको युटिलिटी गाडीको चाहना पूरा गर्ने सोचका साथ कम्पनीले म्याक्ससको मूल्य आकर्षक रहेको सुनिश्चित गरेको छ र उत्कृष्ट प्रदर्शन क्षमता सहितको युटिलिटी गाडीको लिगेसीलाई बलियो बनाउने अपेक्षा गर्दछ। काठमाडौंको नक्साल स्थिति म्याक्सस शोरुम बुकिङ र टेस्ट ड्राइभको लागि खुला छ। 

प्रकाशित: Feb 06, 2023| 12:30 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्