आइतबार, चैत १९, २०७९

बिपिडब्लु लघुवित्तको आइपीओ बिक्री खुला

बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज माघ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।

National life insurance

जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३५ ले हुन आउने ९७ लाख रुपैयाँको १०५ अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ जारी गर्दैछ। सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्नेछ। सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस्तै, सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ।

worldlink

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रकाशित: Feb 05, 2023| 11:00. 00 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लयमा फर्किंदै पर्यटन, महिनामै भित्रिए करिब १ लाख पर्यटक 

मार्चमा आएको पर्यटक संख्या महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो। कोभिडअघिको मार्च २०१९ मा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए।

कतिमा हुँदैछ विदशी मुद्राको खरिदबिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला

मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।