बिहीबार, भदौ १२, २०८२

फोनपेले ल्यायो डिजिटल गिफ्ट कार्ड

अनलाइनमा आधारित रहने यो गिफ्ट कार्डबाट कुनै पनि मर्चेन्टले सार्वजनिक गर्ने भाउचर अरुलाई उपहारका रुपमा दिन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले बताए।
 |  शनिबार, माघ २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

vianetvianet

काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक फोनपेले ‘डिजिटल गिफ्ट कार्ड’ सार्वजनिक गरेको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले यो सेवा ल्याएको जानकारी दिएको हो।

Kumaribank

अनलाइनमा आधारित रहने यो गिफ्ट कार्डबाट कुनै पनि मर्चेन्टले सार्वजनिक गर्ने भाउचर अरुलाई उपहारका रुपमा दिन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले बताए।

उनका अनुसार फोनपे एपमा ठूला मर्चेन्टहरूले भाउचर जारी गर्छन्, जसलाई ग्राहकले उपहार स्वरूप अरुलाई दिन वा आफैं खरिद गरी प्रयोग गर्न सकिन्छ। यसरी डिजिटल रुपमा पाइने गिफ्ट कार्डबाट कुनै पनि वस्तु तथा सेवा किन्न सकिने उनले जनाए।

त्यस्तै यो सेवा प्रयोग गर्दा ग्राहकले क्यूआरको तुलनामा बढी छुट पाउने पनि उनले उल्लेख गरे। 'जसरी हामीले मोबाइल वालेट वा बैंङ्क अकाउन्टबाट सामान किन्छौं। त्यसरी नै अनलाइन गिफ्ट कार्डबाट पनि सामान किन्न सकिन्छ,” उनले भने।

तर यो सेवा प्रयोग गर्दा जुन मर्चेन्टको भाउचर किनेको वा उपहार पाएको हो, त्यहीँ गएर मात्र रिडिम गर्न मिल्ने उनले उल्लेख गरे। यो सेवासँगै कम्पनीले बिना इन्टरनेट अनलाइन भुक्तानी गर्न मिल्ने ‘फोनपे अफलाइन पेमेन्ट’ सेवा पनि सार्वजनिक गरेको छ। यी दुवै सेवा अबको केही महिनाभित्र सबैले प्रयोग गर्न मिल्ने गरी ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

Metro Mart

प्रकाशित: Feb 04, 2023| 21:00 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्