शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • अर्थ
  • मेटलाइफद्वारा मध्यावधि बृद्धिसहितको नयाँ बीमा योजना सार्वजनिक

मेटलाइफद्वारा मध्यावधि बृद्धिसहितको नयाँ बीमा योजना सार्वजनिक

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- मेटलाइफ बीमा कम्पनीले नेपालमा मध्यावधि बृद्धि बीमा योजना प्रचलनमा ल्याएको छ। मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरू सहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो।

National life insurance

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो।

यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४०५ रकम प्राप्त गर्नेछन्, अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १००५ रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्दछन्। यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यतिmले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्नेछन्।

काठमाडौंमा आयोजित उद्घाटन समारोहमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने,’हामीले धेरै उत्साहका साथ हाम्रा ग्राहकहरूका लागि एक नयाँ विशेषता सहितको बीमा योजना ल्याएकाछौं जसले उनीहरूलाई आत्मविश्वासका साथ बाँच्न र संगसंगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन्। हाम्रा ग्राहकको आवश्यकताहरुलाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ।’

यस योजनाले बीमा अवधिको मध्यावधिमा बीमाङ्कको ४०५ र परिपक्वता मितिमा बीमाङ्कको ६०५ रकम र थप आर्जित रिभर्सनरी बोनस सहित दुई चरणमा भुक्तानी गरिने जीवित लाभ प्रदान गर्दछ।

worldlink

मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागु मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यतिmले बीमाङ्क रकमको १००५ रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्ने कम्पनीले जनाएको छ।

बीमितको मृत्यु मध्यावधि पछि भएको अवस्थामा, इच्छाइएको व्यतिmले बीमाङ्कको दोब्बर९२००५० रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् र यस मृत्यु लाभबाट आंशिक जीवित लाभको रुपमा भुक्तानी गरिएको बीमाङ्कको ४०५ रकम कटौती नगरिने कम्पनीले जनाएको छ। बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१ दिन, अधिकतम ६० वर्ष रहेको छ।

प्रकाशित: Feb 04, 2023| 08:00. 00 शनिबार, माघ २१, २०७९

थप समाचार

सातै प्रदेशमा महासंघ प्रदेश अध्यक्ष सर्वसम्मत चुनिए

महासंघको केन्द्रीय नेतृत्वका लागि साधारणसभा एवं निर्वाचन आगामी २९ चैतमा हुने कार्यतालिका छ।

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेन्डर सार्वजनिक

बैंकले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर मादी

४४ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनासाथा आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिएको हो।

महिला उद्यमशीलतालाई समृद्धिसँग जोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र र उद्यम, व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दैै गएकाले देशलाई समृद्ध बनाउन नीति निर्माण तहमा अझ बढी जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको...

गिर्दो अर्थतन्त्रलाई लिएर उद्योग, व्यवसायीसँग निरन्तर छलफलमा छौं : मन्त्री नारायणकाजी 

मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले समाधानका लागि  सम्बन्धित पक्षसँग परामर्श गरी प्रभावकारी कदम चालिने मन्त्री श्रेष्ठको धारणा।