बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २७ देखि चितवनमा

पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २७ देखि चितवनमा

पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी यही माघ २७, २८ र २९ गते चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने भएको हो।
 |  शुक्रबार, माघ २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लि.ले कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गरेका छन्। उनीहरुको आयोजनामा पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी यही माघ २७, २८ र २९ गते चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने भएको हो। 

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन्। उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ। 

उक्त प्रर्दशनीमा देशभरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ।

प्रकाशित: Feb 03, 2023| 17:10 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्