शनिबार, चैत ११, २०७९

हवाई उडान सुरक्षित बनाउन फेरिँदै प्रावधान

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गरिने जानकारी दिएको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं– नेपालको अकास असुरक्षित भइरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन नयाँ प्रावधान ल्याउने तयारी थालेको छ। प्राधिकरणले आगामी ग्रीष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको हो।

National life insurance

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गरिने जानकारी दिएको हो।

हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन हवाई उडानसम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनको मापदण्डमुताविक ३÷३ वा ६÷६ महिनामा नेपालको हवाई उडान क्षेत्र  सुरक्षित बनाउन नियम परिमार्जन गर्ने गरिएको उनको भनाइ छ।

उनले भने, ‘प्राधिकरणले नेपालको नीति–निमय र कानुन मान्छ। तर हवाई उडानमा मुख्य नीति राष्ट्रिय नीति होइनन्। हवाई उडानमा अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदपण्ड र नियम मुख्य भएकाले सोहीअनुसार ३÷३ वा ६÷६ महिनामा नेपालको हवाई उडान क्षेत्र सुरक्षित बनाउन परिर्माजन गरिँदै आएको छ।’

२७ देखि ३१ जनवरीसम्म आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञसँगको छलफलबाट पाँच वटा नियम लागू गर्ने तयारी थालिएको उनको भनाइ छ। पोखरामा यती एयरको विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभई यो प्राधिकरणको नियमित प्रक्रिया भएको उनले बताए। वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमै पुगेर सीप परीक्षण गर्नुपर्ने व्यवस्था ल्याइन लागेको भुलले जानकारी दिए।

worldlink

पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा हजार फिटमाथि हुनुपर्नेछ। प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक ८ घन्टा उडान र ८ पटक मात्र अवतरण गर्न पाउनेछन्। हाल दैनिक १० घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ।

प्रकाशित: Feb 02, 2023| 04:12. 46 बिहीबार, माघ १९, २०७९

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।