शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुबीको हत्या गरी शव सुटकेसमा फालेका आरोपी पासवानको मृत्यु

रुबीको हत्या गरी शव सुटकेसमा फालेका आरोपी पासवानको मृत्यु

 |  बुधबार, भदौ ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ११, २०८२

काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।

National life

जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा बुधबार मृत्यु भएको हो।

पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा फेलापरेपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो।

प्रहरीले पासवान हत्या आरोपी भएको ठहर गरेको थियो। उनी आत्मदाह प्रयास गरेको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे फेला परेका थिए।

Shivam cement

प्रकाशित: Aug 27, 2025| 19:07 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्