सोमबार, जेठ ४, २०८३

त्रिभुवन विमानस्थलबाट ९ किलो अवैध सुन बरामद

सुनसँगै एक क्यानडेली नागरिक पनि पक्राउ परेका छन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

National life

काठमाडौं- त्रिभुवन विमानस्थलबाट ९ किलो सुन बरामद भएको छ। सुनसँगै एक क्यानडेली नागरिक पनि पक्राउ परेका छन्।

दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो। मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।

मोहम्मदले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ किलोभन्दा बढी सुन राखेका थिए।  गत महिना पनि विमानस्थलबाट १९ किलो सुनसहित दुई सुडानी पक्राउ परेका थिए।

प्रकाशित: Feb 02, 2023| 09:19 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्