सोमबार, जेठ ४, २०८३

जनवरीमा आए ५५ हजार विदेशी पर्यटक

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या हवाई मार्ग भएर आउने पर्यटकको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

National life

काठमाडौं- अंग्रेजी वर्ष २०२३ को पहिलो महिना जनवरीमा पर्यटक आगमन उत्साहजनक देखिएको छ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या हवाई मार्ग भएर आउने पर्यटकको हो। 

जनवरीमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन्। दोस्रो स्थानमा अमेरिकाबाट ६ हजार ५६१ जना नेपाल आएको तथ्यांक छ। अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन्।

प्रकाशित: Feb 01, 2023| 16:17 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्