बुधबार, भदौ ११, २०८२

भारतबाट बढेर आयो इन्धनको मूल्य, कुनको कति?

खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको छ।
 |  बुधबार, माघ १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

vianetvianet

काठमाडौं- भारतबाट इन्धनको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकf निगमलाई नयाँ मूल्यसूची प्राप्त भएको छ।

Kumaribank

यसअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको छ।

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले महँगिएर आएको निगमले जनाएको छ। मटीतेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाई इन्धन लिटरमा ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ।

भारतबाट बढेर आए पनि निगमले यहाँका उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन। नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ।

प्रकाशित: Feb 01, 2023| 14:09 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्