बुधबार, भदौ ११, २०८२

भारतले घटायो नेपाललाई दिने अनुदान

वित्त वर्ष २०२३/२४ का लागि वित्तमन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गर्दै छिमेकीको अनुदान घटाइएको बताएकी हुन्।
 |  बुधबार, माघ १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- भारतले नेपाललगायत छिमेकी मुलुकलाई दिने अनुदान सहायता कटौती गरेको छ। वित्त वर्ष २०२३/२४ का लागि वित्तमन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गर्दै छिमेकीको अनुदान घटाइएको बताएकी हुन्।

भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकलाई दिने अनुदान सहायता बजेट विनियोजन गर्ने गरिन्छ। यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ। यो गत वर्षको विनियोजित बजेटभन्दा कम हो  गत आवमा नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो। वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो।

वैदेशिक अनुदानमा भारतले सबैभन्दा धेरै खर्च भुटानका लागि गर्ने भएको छ। यस वर्ष भुटानले २४ अर्ब भारु सहायता भारतबाट पाउने भएको छ। अफगानिस्तानले २ अर्ब पाउने भएको छ भने बंगलादेशले २ अर्ब। श्रीलंकाले १ अर्ब, माल्दिभ्सले ४ अर्ब, म्यानमारले ४ अर्ब र मंगोलियाले ७ करोड भारु पाउने भएका छन्।


प्रकाशित: Feb 01, 2023| 13:58 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्