शनिबार, चैत ११, २०७९

विमान खरिदमा आर्थिक अनियमितता, छानविन अघि बढाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं–पछिल्लो समय नेपाल वायु सेवा निगमले भित्र्याएको दुई वाइड बडी विमानको खरिदमा त्रुटी देखिएको छ । महालेखा परिक्षक टंकमणि शर्माले नेपालको ध्वजावाहक निगमले खरिद गरेको दुई वाइड  बडी अन्नपूर्ण र मकालु विमानको खरिदमा त्रुटी देखिएको बताए । उनले विमान खरिदको प्रक्रिया र मूल्यमा त्रुटी भएको जानकारी दिए ।

शुक्रबार शिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले विमान खरिदको प्रक्रिया र मूल्यमा त्रुटी भएको बताए । ‘निगमको विनियमावलीमा नयाँ र पुराना विमान खरिद गर्ने प्रक्रिया तोकिएको छ । त्यहीअनुसार निगमले विमान खरिद गर्नु पर्ने हो,’ उनले भने ‘तर, त्यसरी अघि नबढेर निगमले नयाँ विमान खरिद गर्दा पुरानो विमाग खरिद गर्ने प्रक्रिया अपनाएको छ ।’
उनको प्रश्न छ, ‘नयाँ विमान खरिद गर्नु थियो भने किन पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाइएको हो ?’

‘एयरबस ए३३०–२०० जुन एयरबस अरुले बनाउदैन । यदि एयरबसनै किन्ने हो भने एयरबस निर्माण गर्ने कम्पनीसँग सिधै सम्पर्क नगरेर किन त्यो प्रक्रियामा नगइ अर्को बाटो अपनाइयो,’ अर्काे त्रुटी त्यहाँ रहेकाे  उनको भनाइ छ ।

मूल्यको सम्बन्धमा समेत आशंका देखिएको छ । एयरबसको मूल्य वेवसाइटमा नै राखिएको हुन्छ । त्यसैले एयरबस खरिद गर्ने हो भने किन एयरबस निर्माता कम्पनीहरुसँग सोधबुझ नगरि खरिद गरेको हो ? त्यसमा पनि त्रुटी देखिएको उनको भनाइ छ ।

उनकाअनुसार ती दुई विमान २० करोड ९६ लाख डलरमा खरिद गरिएको छ । निगमले शुरुमा ८ करोड डलर पेस्की दिइएको थियो । ‘वाइड वडीको मूल्यको भूक्तानी र वास्तविक मूल्य के–कति हो ? विमानको वारेन्टी र ग्यारेन्टी के–कति हो ? उडान योजना, तालिम, जनशक्ती, क्षमता विस्तार लगायत सम्बन्धमा पनि विस्तृत विवरण माग गरेका छौं,’ महालेखा परिक्षक शर्माले भने ।

त्यस्तै समितिका सभापति भरतकुमार शाहले वाइड बडीको विषय गम्भिर भएकोले यसलाई अर्को बैठकमा छलफल गर्ने बताए । ‘समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नेपाल वायु सेवा निगमको महाप्रवन्धक लगायत सरोकारवलाहरुलाई झिकाइ थप कागजातहरु समेत मगाएर अध्ययन अघि बढाउने छौं,’ उनले भने ।
 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।