आइतबार, पुस २७, २०८२

सवारी दुर्घटना असईको मृत्यु

 |  शनिबार, वैशाख २७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०८२

सुनसरीको दुहबीमा पिकअप भ्यान दुर्घटना हुँदा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ।

National life

दुहबी नगरपालिका–३ फुटानी चोकमा भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका–८ राजाबासका ३० वर्षीय असई बिरोध खतिवडाको मृत्यु भएको हो।

इटहरी–विराटनगर सडक खण्डमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भ्यान अयिनन्त्रित भई बारमा ठोक्किएर दुर्घटना भएको थियो। भ्यानमा सवार खतिवडाको टाउको र शरीरका अन्य भागमा चोट लागेको थियो।

उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो। खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए।

भ्यानमा सवार उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र १४ वर्षीय रोजिना कार्की घाइते भएका छन्। सुरेश चालक हुन् भने रोजिना चालककी छोरी भएको प्रहरीले बताएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 10, 2025| 18:47 शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्