मंगलबार, असोज १३, २०८३

पर्वतमा सुख्खा पहिरोले घर पुरिंदा च्यापिएका वृद्धको उद्धार

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

पर्वत- पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका ६५ वर्षीय आत्माराम आचार्यको सकुशल उद्धार गरिएको छ।

आज बिहान माथिबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा आचार्य घरभित्र च्यापिएका थिए। उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा निकालेको हो। आचार्यको दाहिने आँखामाथि र टाउकोमा चोट लागेको छ।

उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ। थप उपचारका लागि उनलाई प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Sep 29, 2026| 10:16 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्