शुक्रबार, असार ५, २०८३

अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

 |  शनिबार, वैशाख २७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०८२

काठमाडौं- भारत र पाकिस्तान एक अर्काविरूद्ध आक्रमण रोक्न सहमत भएका छन्।

National life

शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले 'युद्धविराम'मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भिडिओ सन्देशमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देश 'युद्धविराम'का लागि सहमत भएको भन्दै बधाइ दिएका छन्। शनिबार बिहान अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री र सेनाप्रमुखसँग टेलिफोन संवाद गरेका थिए।

भारत-पाकिस्तानबीच बुधारदेखि आक्रमण-प्रत्याक्रमण सुरू भएको थियो। शुक्रबार रातिदेखि दुई देशले एक-अर्काका सैन्य अड्डा र हवाई क्षेत्रमा लक्ष्य गरेर आक्रमण गर्न थालेका थिए।

आणविक हतियार प्राप्त दुई देश युद्धमा जाने खतरा बढेपछि अमेरिकाले मध्यस्थता गर्ने प्रस्ताव गरेको थियो।

Shivam cement

अप्रिलमा भारतको पहलगाममा आतंकवादी हमला भएपछि दुई देशबीच तनाव बढेको हो। हमलामा एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: May 10, 2025| 18:40 शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्