शुक्रबार, पुस ११, २०८२

मोटरसाइकल किनेर फर्किंदा दाजुभाइको मृत्यु

 |  आइतबार, वैशाख २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

मोटरसाइकल किनेर घर फर्किरहेका दाजुभाइको सोही मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।

National life

शनिबार साँझ नवलपरासीको कावासोती नगरपालिका-१ लोकाहा जंगलमा लु १३ प ७०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकै घरका दाजुभाइको ज्यान गएको हो।

मृत्यु हुनेमा कावासोती नगरपालिका-११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वर दर्लामी छन्। देवचुलीको मुण्डेबाट मोटरसाइकल किनेर केहीबेर बजार घुमेपछि उनीहरु लोकाहा घर फर्कंदै थिए। त्यही क्रममा लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकमध्ये दाजु सागर रोजगारीको लागि भारतमा थिए। उनी एक महिनाअघि मात्रै बिदामा आएका थिए। बिदामा आएका उनले स्थानीय एक होटलमा काम सुरु गरिसकेका थिए भने भाइका लागि भनेर त्यसैदिन बिहान मोटरसाइकल किनिदिएका थिए। उनीहरुका बुबाको १० वर्षअघि नै मृत्यु भइसकेको थियो। दुवै भाइलाई आमाले हुर्काउने र पढाउने गरेकी थिइन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 11, 2025| 11:36 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्