मंगलबार, असोज १३, २०८३

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।

हाल देशका हिमाली भू-भागमा आंशिक बादल तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतता सफा देखि आंशिक बादल लागेको छ।

त्यस्तै, आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

त्यसैगरि आज राति, देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित: Sep 29, 2026| 06:29 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्