मंगलबार, वैशाख २२, २०८३

पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो

जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीबिना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन्।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

सोलुखुम्बु- सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल-पसलमा मूल्यसूची छैन। मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ। जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीबिना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन्। 

National life

यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ। यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ। उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्योग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल, होटललगायतलाई वितरण गर्नुपर्ने भए पनि सङ्घ निस्क्रिय हुँदा मूल्यसूची कायम गर्न सकिएको छैन।

सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलमा बिना मूल्यसूची खाद्यान्न तथा अन्य सामग्री बिक्री भइरहेका छन्। ग्रामीण भेगका सबै पसलमा मनोमानीरुपमा सामग्री बिक्री भइरहेका छन्। एउटै सामानको मूल्य पसलैपिच्छे फरक पाइएको उपभोक्ताको गुनासो छ। खाद्यन्नदेखि अन्य सामग्रीको मूल्य घटबढ भइरहन्छ। मूल्य सूची कायम गराउने सवालमा उद्योग वाणिज्य सङ्घ निरीह हुँदा उपभोक्ता ठगिन बाध्य छन्। 

लामो समयदेखि मूल्यसूची कायम गर्न नसकिएको सङ्घका सहसचिव महेश खालिङ राईले स्वीकार गरे। सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोसी, नेचा सल्यान, दूधकोसी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रका पसल तथा होटलमा पनि मूल्यसूची नभएको पाइएको छ।

बजार अनुगमन गर्दा होटल तथा पसलमा मूल्यसूची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताए।

प्रकाशित: Jan 14, 2023| 22:00 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।