मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १८ दिनदेखि बेपत्ता ८ वर्षीय बालकको शव पुरिएको अवस्थामा फेला पर्‍यो

१८ दिनदेखि बेपत्ता ८ वर्षीय बालकको शव पुरिएको अवस्थामा फेला पर्‍यो

१८दिनदेखि बेपत्ता भएका डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ। प्रहरीले शंकास्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

धनगढी- १८दिनदेखि बेपत्ता भएका डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ। प्रहरीले शंकास्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो।

National life

बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए। स्थानीयको भनाइ पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले केही स्थानीयसँग सोधपुछ गर्दा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको थियो। प्रहरीले सोही अनुसार अनुसन्धान गरेर शंकास्पद स्थलको उत्खनन गर्दा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए।

बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले दुबै आमालाई पक्राउ गरेको छ।

प्रकाशित: Jan 14, 2023| 13:09 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।