मंगलबार, वैशाख २२, २०८३

लागूऔषधसहित झापाबाट दुई जना पक्राउ

झापाको प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ महानन्द चौकबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिउको छ।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

National life

झापा- झापाको प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ महानन्द चौकबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिउको छ। 

मेचिनगर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २५ वर्षीय विकाश राजवँशी र सोही स्थान बस्ने २४ वर्षीय निर्मल भुजेललाई शंकास्पद बस्तुसहित शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शंकास्पद वस्तु बोकेको शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ ११ ग्राम फेला परेको प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता वसन्त पाठकले बताए। उनका अनुसार उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित: Jan 14, 2023| 06:59 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।