मंगलबार, वैशाख २२, २०८३

स्कुल बसको ठक्करबाट गौरादहमा वृद्धाको मृत्यु

झापाको गौरादहमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक वृद्धा मृत्यु भएको छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

झापा- झापाको गौरादहमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक वृद्धा मृत्यु भएको छ।  मृत्यु हुनेमा गौरादह नगरपालिका-१ की ७२ वर्षीया तुलसा दाहाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

National life

प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजे गौरादह-१ स्थित नगर अस्पताल मोड नजिकैको सडकमा माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले दाहाललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको र त्यहाँ उपचार सम्भव नहुँदा बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेर्फर गरिएको थियो। 

उनको बीएण्डसीमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको थियो। यता प्रहरीले बस र बस गौरादह(२ बस्ने ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएको छ।


प्रकाशित: Jan 13, 2023| 10:40 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।