शनिबार, साउन ३१, २०८२

भूकम्पका कारण विस्थापितको बस्तीमा खानेपानीको अभाव

भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ।
 |  शुक्रबार, पुस २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

vianetvianet

इन्द्रवाती– भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ। पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन्। 

भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नम्बर ४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो।  स्थानान्तरणपछि बस्तीका प्रत्येक घरमा धारा बनेका छन्, तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ।  बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न स्थानीयवासी दैनिक ३ किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता रहेको विस्थापित हीरामाया तामाङको भनाइ छ।

भूकम्पछि स्थानान्तरण भएको स्थान भिरालो जमिनमा भएका कारण अहिले निर्माण भएका घरसमेत चर्किएका छन्। विस्थापितलाई खानेपानी समस्यासँगै जीविकोपार्जनको चिन्ताले पनि सताएको छ। 

प्रतिपरिवार ६ आना जमिन भएका उनीहरूलाई तरकारी खेती, पशुपालनलगायतमा समस्या भएको छ। ‘अन्न उत्पादनका लागि जमिन नहुँदा दैनिक गुजारा चलाउन मुस्किल भएको छ,’ स्थानीय सुकमाया बोम्जन दुःखेसो गर्छिन्।

गाउँपालिका अध्यक्ष झम्क नेपाल भने गाउँपालिका केन्द्र नजिकैको विस्थापित बस्तीमा खानेपानी समस्या दुई महिनाभित्र समाधान गरिने दाबी गर्छन्। ‘हामी विस्थापितको समस्याप्रति गम्भिर छौँ, चाँडै पानीको व्यवस्था गर्छौँ,’ पालिका अध्यक्ष नेपालले भने।

Metro Mart

प्रकाशित: Jan 13, 2023| 08:55 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।