मंगलबार, वैशाख २२, २०८३

मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

हेटौंडा- पूर्व-पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

National life

बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधन ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। स्कुटरमा सवार मनहरी गाउँपालिका-८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए।

रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पुर्‍याउने बित्तिक्कै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए।

उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए। 

प्रकाशित: Jan 13, 2023| 07:35 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।