मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारका घूस लिने पूर्वआयुक्त पाठक र दिने न्यौपाने दोषी ठहर

अख्तियारका घूस लिने पूर्वआयुक्त पाठक र दिने न्यौपाने दोषी ठहर

घूस लिएको अभियोगमा अख्तियारले आयुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

National life

काठमाडौं- विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ। घूस लिएको अभियोगमा अख्तियारले आयुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन्।

पाठकलाई ३९ लाख रुपैयाँ जरिवाना तोकिएको छ। उनीसँगै घूस काण्डमा जोडिएका लम्बोदर न्यौपानेलाई पनि अदालतले दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष हुन्। पूर्वआयुक्त पाठकले सो कलेजको सम्बन्धन विवादमा न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस मागेको अडियो सार्वजनिक भएको थियो। अडियो सार्वजनिक हुँदा पाठक बहालवाला आयुक्त थिए। त्यसपछि उनी फरार भएका थिए। पाठकलाई विशेष अदालतले थप ३ महिनाको कैद सजायसमेत सुनाएको छ। यो सजाय अख्तियारको आयुक्त भएर पनि भ्रष्टाचार गरेबापतको हो।

प्रकाशित: Jan 12, 2023| 18:49 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।