मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

गोरखा नगरपालिकाबाट १८ हजार आठ सय ३१, पालुङटार नगरपालिकाबाट १८ हजार सात सय ४९, सिरानचोक गाउँपालिकाबाट नौ हजार नौ सय ८६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

गोरखा- जिल्लाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ। दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण संकलन अभियान सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

National life

अभियानका क्रममा जिल्लाभरबाट अहिलेसम्म कुल एक लाख १५ हजार नौ सय ८७ जनाको विवरण संकलन भइसकेको उनले बताए।

गोरखा नगरपालिकाबाट १८ हजार आठ सय ३१, पालुङटार नगरपालिकाबाट १८ हजार सात सय ४९, सिरानचोक गाउँपालिकाबाट नौ हजार नौ सय ८६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।

त्यस्तै अजिरकोट गाउँपालिकाबाट पाँच हजार पाँच सय ९८, आरुघाट गाउँपालिकाबाट आठ हजार ८४, गण्डकी गाउँपालिकाबाट १३ हजार छ सय दुई, धार्चे गाउँपालिकाबाट पाँच हजार नौ सय तीन जनाले फारम भरेका थिए।

त्यसैगरी भीमसेन थापा गाउँपालिकाबाट छ हजार छ सय ९५, बारपाक सुलिकोट गाउँपालिकाबाट नौ हजार चार सय ८६, सहिद लखन गाउँपालिकाबाट १४ हजार दुई सय ९० र चुमनुव्री गाउँपालिकाबाट दुई हजार एक सय ३१ जनाले फारम भरेका छन्।

त्यसबाहेक अन्य दुई हजार चार सय ३२ जनाले परिचयपत्र बनाएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गोरखामा गत साउन १५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु भएको थियो।

प्रकाशित: Jan 12, 2023| 22:00 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।