बिहीबार, साउन २९, २०८२

चिसो बढेसँगै घटे पर्यटक

गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो।
 |  बिहीबार, पुस २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

vianetvianet

रसुवा- हिमाली क्षेत्रमा चिसोपन बढेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आगमन घटेको छ। गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो।

रातिको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्न र सकभर एउटा लौरो साथ लिइ यात्रा गर्दा सुरक्षित होइने स्थानीयवासी बताउँछन्।

अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममा तीर्थको महत्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी सङ्घका जिल्लाअध्यक्ष रामशरण गजुरेलले बताए।

हिमाली पदयात्राका लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्र एवं तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेको उनले जानकारी दिए। पर्यटकको आगमन कमी भएकाले सबै व्यवसायीले आ–आफ्ना होटल तथा लज सुदृढीकरण गर्न थालेका छन्।

होटल तथा लजको रङरोगन गराउने र सिरक तथा डस्ना मर्मत एवं नयाँ खरिद एवं ढुवानी गर्ने कार्य भइरहेको बताइएको छ। विगतको तुलनामा यस वर्षको पहिलो यामबाटै होटल तथा लज चलायमान भइसकेका र दोस्रो याम (फागुन १५)देखि बढी पर्यटकको आगमन हुने यहाँका व्यवसायीको आँकलन छ

Metro Mart

लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही पुस २६ गतेसम्म आन्तरिक १२ हजार पाँच सय ३०, सार्क राष्ट्रका दुई सय ४५, अमेरिका, जर्मन, जापान, अष्ट्रेलियालगायत देशबाट आएका चार हजार पाँच सय ५२ विदेशी पर्यटकले निकुञ्जको पर्यटकीय क्षेत्र भ्रमण गरेका थिए।

पर्यटक निकुञ्जको भू–भागमा प्रवेश गरेवापत लाग्ने शुल्कबाट रु एक करोड ६६ लाख ५८ हजार पाँचसय २५ राजस्व दाखिला भएको बताइएको छ। सेता हिमाल, तालतलैया, उकाली ओराली, भञ्ज्याङ चौतारी, तामाङ संस्कृतिका नाचगानसमेतले पर्यटकलाई मनमोहक बनाउने गरेको छ।

प्रकाशित: Jan 12, 2023| 15:11 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।