बिहीबार, साउन २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षा संयन्त्रलाई गृहमन्त्री लामिछानेको निर्देशन– आदेश होइन, कानुनको पालना गर्नू

सुरक्षा संयन्त्रलाई गृहमन्त्री लामिछानेको निर्देशन– आदेश होइन, कानुनको पालना गर्नू

जे सही हो, त्यही मात्र काम गर्न र आदेश होइन, कानुन पालना गर्नुस् भनी सुरक्षा संयन्त्रलाई निर्देशन दिएको गृहमन्त्री लामिछानेको दाबी।
 |  बिहीबार, पुस २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

vianetvianet

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन, कानुनको पालना गर्न निर्देशन दिएका छन्। बिहीबार चितवन पुगेका गृहमन्त्री लामिछानले भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिइसकिएको उनको भनाइ छ। ‘सबै प्रमुख जिल्ला अधिकारीलाई कसैको पनि प्रभावमा नपरी काम गर्न निर्देशन दिएको छु। कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु,’ उनले भने।

जे सही हो, त्यही मात्र काम गर्न र आदेश होइन, कानुन पालना गर्नुस् भनी सुरक्षा संयन्त्रलाई निर्देशन दिएको उनले बताए। कुनै पनि राजनीतिक दलको दबाबमा नपरी सुरक्षा निकायले काम गर्नुपर्ने उनको भनाइ छ। ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पु¥याउने वा मेरो मान्छे छाडिदेऊजस्ता कुरा नसुन्नुस्। त्यसरी दबाब दिएको प्रमाण ल्याए त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ’, उनले भने। 

नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी संठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्न आफूले गरिरहेको र यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए। देशभर बन्द अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको उनले बताए।

प्रकाशित: Jan 12, 2023| 12:47 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।