मंगलबार, वैशाख २२, २०८३

शीतलरबाट महोत्तरीको जनजीवन प्रभावित

दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

जलेश्वर- दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ। सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन्। 

National life

दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन्। बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन्। बारी र  खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन्। 

चिसोकै कारण जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ। यातयातका साधन न्यून रुपमा चल्न थालेका छन्।  बजारमा बाक्लो ऊनी कपडाको बिक्री भने ह्वात्तै बढेको ब्यापारीले बताएका छन्। चिसोकै कारण हाट बजारमा किनमेल गर्न आउनेको सङ्ख्या घटेको छ। 

चिसोकै कारण जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढेको चिकित्सक बताउँछन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खर पातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन्। 

जाडोबाट जोगाउन १५वटै पालिकाले गाउँ बस्तीमा सर्वसाधारणलाई ताप्नका लागि ठाउँठाउँमा दाउराको व्यवस्था गरेका छन्। जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणले गरिब दलित बस्तीमा दाउरा बाल्ने, तातो पानी र चिया दिने काम गरिरहेको छ। जिल्लाभर तीन सय २३ विद्यालयको पठनपाठन पनि बन्द गरिएको छ। 

प्रकाशित: Jan 12, 2023| 08:40 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।