मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालगञ्जमा दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय

नेपालगञ्जमा दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय

नेपालगञ्ज उपमहानगरपालिकाले दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

National life

काठमाडौं- नेपालगञ्ज उपमहानगरपालिकाले दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो। यसअघि तिन दिन विद्यालयहरु बन्द गरिएको थियो। 

उपमहानगरपालिकाले सूचना जारी गर्दै नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षाहरुलाई असर नगर्ने गरी २८ देखि २९ गतेसम्म  सार्वजनिक बिदा गर्न भनेको हो। नेपालगञ्जमा हालसम्म दादुराबाट एक जनाको मृत्यु भएको छ भने ११० जना बिरामी भएका छन्।

प्रकाशित: Jan 12, 2023| 08:30 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।