मंगलबार, वैशाख २२, २०८३

काठमाडौंको बिहानी तापक्रम कति?

काठमाडौं उपत्यकासहित आज आसपासका जिल्लाको मौसम सामान्यतया सफा रहने अनुमान छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

National life

काठमाडौं- काठमाडौं उपत्यकासहित आज आसपासका जिल्लाको मौसम सामान्यतया सफा रहने अनुमान छ। काठमाडौं उपत्यकामा बिहान बेलुकी चिसो भए पनि दिउँसो घाम लागेसँगै गर्मी हुन थालेको छ।

बिहानको काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। यी प्रदेशमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा देशभर नै पानी पर्न सकेको छैन। आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिए। उनका अनुसार अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो छ। दिउँसो पछि हट्ने अनुमान गरिएको छ।

प्रकाशित: Jan 12, 2023| 08:00 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।