मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पृथ्वी जयन्तीको‌ विरोध गर्ने १८ जना प्रहरी नियन्त्रणमा

पृथ्वी जयन्तीको‌ विरोध गर्ने १८ जना प्रहरी नियन्त्रणमा

बुधबार सिंहदरबार पश्चिमगेट अघि पुगेर पृथ्वी जयन्तीको विरोध गर्ने बलराम तिमल्सिना सहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं- सरकारले पृथ्वी जयन्ती विरोध गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ। बुधबार सिंहदरबार पश्चिमगेट अघि पुगेर पृथ्वी जयन्तीको विरोध गर्ने बलराम तिमल्सिना सहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

National life

 आफूहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको पक्राउ परेका अभियन्ता तिम्सिनाले जानकारी दिए। २०६२ र ६३ को जन-आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर पृथ्वी जयन्ती मनाइने गरिन्थ्यो।

गणतन्त्रको शुरुवातसंगै राज्यले उक्त जयन्ती खारेज गरेको थियो। तर सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुन: यस वर्षदेखि पृथ्वी जयन्ती मनाउने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनका लागि राप्रपाले राखेको मुख्य मागबमोजिम सरकारले पृथ्वी जयन्तीका दिन बिदा दिने निर्णय गरेको थियो।


प्रकाशित: Jan 11, 2023| 14:05 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।