शुक्रबार, वैशाख ५, २०८२

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  बुधबार, पुस ६, २०७९
nespernesper

रासस

रासस

बुधबार, पुस ६, २०७९

vianetvianet

कास्की– राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

triton college

सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन्। गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए।

यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता सञ्चालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त भएकामा पोखरामा हुने १३ गतेको मैत्रीपूर्ण खेलका कारण दुई दिनपछि प्रतियोगिता सरेको हो। प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लबहरू नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाइएससी, मच्छिन्द्र फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिनेछन्। गत वर्ष एपिएफ च्याम्यिन बन्दा उपविजेता मनाङ मस्याङ्दी क्लब भएको थियो।

विसं २०५८ मा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औँ संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिँदै आएको छ। सो एकेडेमीमा हाल तेस्रो व्याचको १३ बालक आश्रित रहेका सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताए। प्रतियोगिताका लागि सहारा क्लब हङकङले रु तीन लाख सहयोग उपलब्ध गराउने छ।

प्रतियोगिताबाट आम्दानी रु एक करोड ५९ लाख ५० हजार र खर्च रु एक करोड १३ लाख ५६ हजार हुने अनुमान गरिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ उद्देश्यका साथ मोफसलको चर्चित सहारा क्लब पोखराले सञ्चालन गर्ने यो प्रतियोगितामा विगतमा जस्तै यसपटक समेत हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ।

National life insurance

प्रकाशित: Dec 21, 2022| 09:32 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।