शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शुरु भयो भृकुटीमण्डपमा फर्निचर एक्स्पो (फोटो फिचरसहित)

शुरु भयो भृकुटीमण्डपमा फर्निचर एक्स्पो (फोटो फिचरसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ शुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना शुरु भएको एक्स्पो नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका छन् । 


एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएकोतर्फ ध्यानाकर्षण गराएका थिए । 

नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गइरहेको कच्चा पदार्थको सदुपयोग गर्न व्यवसायीहरुलाई बाटो खोलिदिन आग्रह गरे । 


एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी उत्पादनको प्रयोग गर्न आम उपभोक्तालाई अपिल गर्दै आफुहरु अन्तर्राष्ट्रिय स्तरको उत्पादन तयार गर्न सक्ने बताए ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा लोकप्रिय नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरमा फर्निचर तथा फर्निसिङका सामानहरु विक्री गरिनेछ । 


एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्रमार्फत आर्कषक उपहार समेत वितरण गरिने अयोजकको भनाइ छ । प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । अयोजककाअनुसार रोबटिक प्रतिस्पर्धा एक्सपोको अर्को आर्कषण हुने जनाइएको छ । 


एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहेका छन् । 

त्यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धितउत्पादनको पनि प्रदर्शनीको आकर्षणका रुपमा राखिएको छ ।


एक्स्पो ८ गतेसम्म चल्नेछ । सय बढी फर्निचर र फर्निसिङजन्य सामाग्री स्टलमा राखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्